Logo

फेसबुक चलाएर बस्ने कर्मचारीहरुमाथि कारवाही गर्न मन्त्री भट्टराईको निर्देशन



काठमाडौं, १५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । उनले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारवाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए ।

आइतबार काठमाडौंमा ‘त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई सो विमानस्थलमा नराख्ने स्पष्ट पारे ।

उनले कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल फोनमा कुरा नगर्न सचेत गराएका छन् । मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए ।



प्रतिक्रिया दिनुहोस्