Logo

भारतले चीनलाई जनसंख्यामा उछिन्दै



भारतले चीनलाई जनसंख्यामा उछिन्ने भएको छ । अबको आठ वर्षमा चीनलाई उछिन्ने प्रक्षेपण गरिएको हो । संयुक्त राष्ट्र संघको एउटा नयाँ रिपोर्टमा जारी गरिएको अनुमानका अनुसार सन् २०५० सम्ममा भारतले २७ करोड ३ लाख मानिस थप्ने भएको छ ।

सन् २०१९ मा भारतको जनसंख्या १.३६ अर्ब र चीनको १.४३ अर्ब रहेको छ । संयुक्त राष्ट्र संघीय आर्थिक तथा जनसंख्या विभागको जनसंख्या विभागले प्रकाशित गरेको “दि वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०१९” को अनुसार विश्वव्यापी जनसंख्या स्न २०२० सम्ममा ७.७ अर्बबाट  बढेर   ९.७ अर्ब पुग्दा २ अर्ब जनसंख्या थप हुने अनुमान गरिएको हो ।

सन् २०१९ देखि २०५० को बीचमा ५५ देशहरुको जनसंख्या कम्तिमा एक प्रतिशतले घट्ने अनुमान गरिएको छ । सन् २०१० पछि २७ देशले जनसंख्यामा  न्यूनतम एक प्रतिशतले कमी देखाएको छ । यसरी जनसंख्यामा देखिएको परिवर्तनको कारण प्रजननको स्तर कम र केही अवस्थामा बसाइँ सराईको उच्च दर रहेको छ । ती ५५ देशहरूमध्ये सबैभन्दा ठूलो चीनमा सन् २०५० सम्ममा जनसंख्या २.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । सोही अवधिमा भारतले २७ करोड ३ लाख मानिसलाई आफ्नो कुल गणनामा थप गर्ने अपेक्षा गरिएको छ । सन् २०५० सम्म विश्वव्यापी जनसंख्याको आधाभन्दा बढी अनुमानित विकासका लागि नौवटा देशको समूहमा भारत सबैभन्दा अगाडि देखिन्छ । शताब्दीको अन्त्यसम्म ठूला देशहरूको श्रेणीकरण त्यस्तै रहनेछ ।

भारत १.५ अरब जनसख्याको साथ विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने अपेक्षा गरिएको छ । त्यसपछि चीन १.१ अर्ब, नाइजेरिया ७३३ मिलियन, संयुक्त राज्य अमेरिका ४३ मिलियन र पाकिस्तान ४०३ मिलियन जनसंख्या भएको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्