Logo

अमेरिका, युक्रेन र पोल्याण्डबीच ग्यास आपूर्ति सुरक्षामा सम्झौता



अमेरिका, युक्रेन र पोल्याण्डबीच ग्यास आपूर्ति सुरक्षामा सम्झौता भएको छ । यी तीन देशका सरकारी प्रतिनिधिहरुले १४ भदौं वारसामा प्राकृतिक ग्यास आपूर्तिको क्षेत्रीय सुरक्षा बढाउन सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

पोल्याण्ड सरकारको रणनीतिक उर्जा पूर्वाधार आयुक्त पोइटर नाइम्स्की, अमेरिकी ऊर्जा सचिव रिक पेरी र युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव अलेक्सान्डर डानिलियुकले कागजातमा हस्ताक्षर गरेको हो ।

यो सम्झौता युक्रेनी ग्यास बजारमा सुधार गर्न, तरल पदार्थ (प्राकृतिक ग्यास) भण्डारण र निर्यात गर्ने युक्रेनी पूर्वाधारको बारेमा पनि हो ।



प्रतिक्रिया दिनुहोस्