Logo

अलकायदाविरुद्ध अमेरिकी सेनाको हमला



अमेरिकी सेनाले अल कायदाको बिरूद्ध पुनः इदलीबको नजिक आक्रमण गरेको छ । उसले १४ भदौंमा सिरियाको इदलीब शहर बाहिर अल कायदा आतंकवादी समूह विरुद्ध आक्रमण गरेको हो ।

सशस्त्र समूहहरूले सिरियाको एक मात्र ठूलो इदलीब क्षेत्रलाई आफ्नै नियन्त्रणमा राखेको छ । अमेरिकाको नेतृत्वमा गठबन्धनले होरास अल–दिन चरमपन्थी समूहको इदलीब बाहिरको मुख्यालयमा मिसाइल प्रक्षेपण गरेको थियो । उक्त आक्रमणमा ४० भन्दा बढी आतंककारी र कमाण्डरहरु मारिएका थिए ।

इडलिबमा अगस्ट २ तारिख गणतन्त्रका सशस्त्र सेनाहरूले एकतर्फी लडाई गर्न रोक लगाएका थिए । तथापि, लडाकुले युद्धविराम भंग गरेपछि सेनाले ५ अगस्टबाट फेरि युद्धको सुरुवात गरेको हो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्