Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



सिराहा । प्रहरीले नियन्त्रित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका–४ निपाने मगर टोलबाट सोही नगरपालिका–१३ दुर्गापुर बस्ने २१ वर्षीय गौरब कुमार सिंहलाई नियन्त्रित लागूऔषध नाईट्रोजेपाम ट्याव्लेट १ सय ९५ थान सहित १४ भदौंमा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा स.५ प ९६९२ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धि थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्