Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



भक्तपुर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका–८ वोडेस्थित सोम मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय टंक मगर सहित ४ जनालाई ३ बुक तास र नगद ३४ हजार ५ सय ७५ रुपैयाँ सहित १४ भदौं साँझ पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धि थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्