Logo

दशैमा मासु महङगो हुने



काठमाडौं । सरकारले औपचारीक रुपमा धोषणा नगरेपनि खसि बोकाको आयातमा कडाई भएपछि यस पटकको दशै तिहारमा मासुको मुल्य बढ्ने निश्चित भएको छ ।

व्यवसायीहरुका अनुसार यस पटकको दशैमा खसिको मासु १५ सय नाध्ने देखिएको छ । हाल काठमाडौं उपत्यकामा दैनिक १२ सय खसि बोकाको माग रहेकोमा ४० प्रतिशत भारतबाट आयात हुने गरेपनि बजारमा अझै अपुग देखिन्छ ।

पछिल्लो पटक सरकारले भारतबाट आयात हुने खसि बोकामा कडाई गरेपछि त्यसको असर चाड पर्वमा देखिने पक्का भएको छ । चैपाया खरिद विक्रि संघका अनुसार दशै तिहारको समयमा उपत्यकामा मात्रै ५० हजार खसिबोकाको माग हुने गरेको भएपनि उक्त मागलाई धान्न सक्ने स्वदेशी उत्पादन छैन ।

सरकारी कडाईका कारण भारतबाट लुकाई छिपाई बोका खरिद गरेर ल्याउने गरेका कारण मासुको मुल्य बढ्ने संघको भनाई रहेको छ । हाल केहि व्यवसायीले भारतबाट लुकाई छिपाई खसि बोका ल्यायपनि नेपाली भने र बेचिरहेका छन ।

जसले गर्दा दशैमा जिउदो बोकाको मुल्य आठ सय र तयारी मासुको मुल्य प्रतिकेजि १५ सय रुपैयाँ पुग्ने संघको अनुमान रहेको छ । सरकार भने भारतबाट आयात गरिने खसि बोकोमा कुनै कडाई नगरेको बताउन्छ ।आजको आर्थिक अभियान निकेश खत्रीले खवर लेखेका छन । ।



प्रतिक्रिया दिनुहोस्