Logo

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनसक्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्कने भएका छन् । उपचार गराइरहेका उनी पुनः फर्कने गरी आउन लागेका हुन् ।
ओली स्वदेश फर्कनुमा नेपालमा हुनलागेको केही महत्वपूर्ण भ्रमण पनि कारण बनेको छ । चिनियाँ राष्ट्रपति सि जिङपिङ २८ असोजमा नेपाल आउने भएका छन् । यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी नगराएपनि भारत भ्रमणमा जानुअघि नेपालमा नौं घन्टा रोकिनेछन् । दशकौंपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुनलागेको हो ।

चिनियाँ राष्ट्रपति भारत जानुअघि नेपाल रोकिनु अर्थपूर्ण हुनेछ । उनी नेपाल आउने निश्चित भएमा भारतीय पक्षबाट पनि उच्चस्तरको भ्रमण छिट्टै भइहाल्ने सम्भावना बलियो रहन्छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहँदै आएको छ । यसबारे टुंगो लागिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसमा विशेष अतिथिको रुपमा निम्तो दिइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहँदा उनीमार्फत् निम्तो दिइएको हो । ओली संविधान दिवसमा नेपाल आउने निश्चित नभएपनि सम्भावना रहेको छ । ३ असोजमा संविधान दिवस पारेर भारतीय प्रधानमन्त्री मोदीको आएमा संविधानबारे भारतको औपचारिक धारणा खुलस्त हुनेछ । त्यसैले पनि संविधान दिवसमा आउन निम्तो दिइएको छ ।

संविधान दिवसमा नआएपनि भारतबाट उच्च तहको भ्रमण २८ असोजपूर्व नै हुनसक्छ । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल भ्रमणमा आउनुपूर्व भारतले उच्च तहको भ्रमण गराउन सक्छ । यसकारण पनि असोज महिनामा दुई छिमेकबाट उच्च तहको भ्रमण हुने सम्भावना बलियो भएको छ ।



प्रतिक्रिया दिनुहोस्