Logo

प्रधानमन्त्रीको गृहजिल्लामा भारतीय राजदूतले गरे विद्यालय भवन उद्घाटन



झापा । भारतले गौरादह नगरपालिकामा रहेको श्री स्कुलचौन उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्न सहयोग गरेको छ । भवन निर्माण पूरा भई १६ भदौमा महान्यायाधिवक्ता अग्नि खरेल र भारतीय राजदूत मञ्जिव सिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र हो ।

भारत सरकारको तीन करोड ५७ लाख अनुदान सहयोगमा विद्यालय भवन स्तरोन्नति भएको हो । दुई तल्ले भवनमा कक्षा कोठा, प्रयोगशाला, प्रधानाध्यापकलगायतको कक्षका अलावा प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय रहेको छ ।

विद्यालय भवन उद्घाटनमा प्रदेश एकका आन्तरिक मामलामन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता थियो ।

तस्बिर स्रोतः भारतीय राजदूतावास



प्रतिक्रिया दिनुहोस्