Logo

रोनाल्डो, मेस्सी र भ्यान डिज्क फिफाको अन्तिम सूचीमा, कसले मार्छ बाजी ?



काठमाडौँ भदौ १७ । युइएफएमा दाबेदारको सूचीमा परेपछि लिभरपुलका भ्यान डिज्कले जितेका थिए । उही तीन जना क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र भ्यान डिज्क २०१९ फिफाको लागि अन्तिम सूचीको दाबेदारमा पर्न सफल भएका छन् ।
गत वर्ष रियाल म्याड्रिडका मिडफिल्डर लूका मोडरिकले यो पुरस्कार जितेका थिए र आफ्नाे टाेलीका रोनाल्डो र लिभरपुलका महम्मद सालालाई पछि पारेका थिए ।
शिर्ष कोचको लागि म्यान्चेस्टर सिटिका पेप गर्डियोला, लिभरपुलका जर्गेन क्लोप र टोटेनहामका मरिसियो पोकेटिनो परेका छन् ।
शिर्ष गोल रक्षकका लागि म्यान्चेस्टर सिटीका एडर्सन, लिभरपुलका एलिसन अनि बार्सलोनाको मार्क एन्द्रे टर स्टेगेन परेका छन् ।
त्यस्तै गरी युएसए इन्टरनेशलका मेगन रापिनो र एलेक्स मोर्गनलाई शिर्ष महिला खेलाडीका लागि दाबेदारको सूचीमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्