Logo

रजस्वलाका उत्पादनमा पहुँच बढाउन बेलायती महिला फुटबल खेलाडीकाे रूची



काठमाडौँ भदौ १७ । संसारभरि रजस्वलाको कारण महिलाहरुले विभिन्न सामाजिक समस्या र स्वास्थ्यको चुनौति भोग्दै आएका छन् । विशेषगरी अविकसित देशहरुमा महिलाले रजस्वलालाई नियन्त्रण गर्ने उत्पादनहरुको पहुँच गरिबीको कारण कम रहेको छ ।
इंग्याण्डका महिला फुटबल टोलीकी कप्तान स्टेफ हटनले रजस्वला गरिबीलाई कम गर्ने सम्बन्धी बोल्न थालेकी छिन् । रजस्वला सम्बन्धी उत्पादनको पहुँच नभएकोले केटीहरुलाई असहज वातावरण भएको उनले बताएकी छिन् ।
२०१७ को अनुसन्धान अनुसार बेलायतमा १४ देखि २१ वर्षका अन्तरमा रहेका स्त्रीहरु मध्ये १० जनाले मात्र रजस्वला सम्बन्धी उत्पादमा पहुँच पाएको तथ्यांक तयार भएकाे थियो ।
महिला फुटबलर स्टेफ हटन प्राय महिलाको सौन्दर्य उत्पादनसँग सम्लग्न रहेकी छिन् र यसरी उनीले रजस्वलाका गरिबी विरुद्ध पनि लडिरहेकी छिन् ।
भोग म्यागजिनसँग गरिएको कुराकानीमा उनीले स्यानिटरी प्याड लाउन नपाउँदा स्त्रीमा आत्मबल पाउन संघर्ष हुने जनाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्