यि हुन ७४ लाखको मोटरसाइकल किन्ने व्यक्ति


काठमाडौं । ज्योती ग्रुपका निर्देशक तथा युवा व्यवसायी शौरभ ज्योतीले ७४ लाखको मोटरसाइकल खरिद गरेका छन्। नाडा अटो शोमा राखिएको सबैभन्दा महँगो मोटरसाईकल उनले किनेका हुन्। यसको जानकारी उनले आफ्नो फेसबुकमार्फत दिएका छन्।

कम्पनीले अटो शोमा सार्वजनिक गरेको एलएच ४४ लेविस ह्यामील्टन लिमिटेड एडिशन बाइक संसारभर मात्रै १ सय ४४ युनिटमात्र बिक्री गरिएको छ । यो मोटरसाइकल दक्षिण एसियामा नै एक युनिट मात्रै आएको थियो । जुन नेपालको अटो शोमा प्रदर्शन गरिएको थियो ।

फर्मुला १ च्याम्पीयन लेविस ह्यामील्टनसँगको सहकार्यमा निर्माण भएको यो मोटसाइकलमा युरो फोर इनलाइन थ्रि सिलिन्डर इन्जिन लगाइएको छ । अन्य मोडलको तुलनामा प्राविधिक रुपान्तरण सहित ल्याइएको यस मोडलमा उपलब्ध इन्जिनले १४० हर्ष पावर उत्पादन गर्छ भने प्रतिघन्टा २४४ किलोमिटर प्रतिघन्टाको टप स्पीडमा कुद्न सक्छ ।