Logo

प्रधानमन्त्री भेट्न विष्णु पौडेल गए, वामदेव गएनन्



काठमाडौं, १७ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने भनिएका नेकपाका उपाध्यक्ष वामदेव गौतम गएनन् । बरु, महासचिव विष्णु पौडेल एक्लै आज सिंगापुर प्रस्थान गरेका छन् । यसअघि हिजो (सोमबार) उपाध्यक्ष गौतम र महासचिव पौडेल दुवै जना प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जाने भनिएको थियो ।

महासचिव पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्ने र सँगै फर्किने तय भएको जानकारी गराएका छन् । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी दिए ।

प्रधानमन्त्रीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार भएको थियो । बुधवार अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ २० गते स्वदेश फर्किने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot