Logo

नापोलीलाई गाेल हानेपछि प्रविधिमाथि रोनाल्डोकाे खिल्ली, भिडियाेसहित



काठमाडौँ भदौ १७ । क्रिस्टियानो रोनाल्डो फुटबल मैदानमा गोल गरे पछि खुशी मनाउनमा माहिर छन् । आफ्नो सुरुवाती दिन देखि नै यी पुर्चगी खेलाडीकाे मैदानमा खुशी मनाउने पृथक शैलीहरु छन् । आँखा झिम्काउने, सलाम ठोक्ने, क्यामराको अघि जाने जस्तो क्रियाकलाप रोनाल्डोको खुशी मनाउने शैली हो ।
आइतबार गोल हानेपछि नापोलीमाथि ४-३ ले जुभेन्टसलाई जित दिलाउँदै  आफ्नो फ्यानहरुकहाँ दौडेर गई भिएआरकाे संकेत गरेर देखाए । यो खुशीयाली मनाउने शैली देखेर अचम्म मान्नेहरुले यो थाहा पाउनु जरुरी छ कि उनले भिएआर प्रविधिको खिल्ली उडाएका थिए ।  भिएआर प्रविधिले सिरि ए को दौडानमा रोनाल्डोले पार्माको विरुद्ध हानेको गोललाई अस्वीकार गरेको थियो । सो प्रविधिले रोनाल्डो अफसाइडमा भएको देखाएको थियो ।

टविटरमा उनकाे फ्यानकाे लागि बनिएकाे अकाउण्टमा फेरि भिएआरकाे खिल्ली उडाउँदै रेफ्रीले गरे जस्तै गाेल समीक्षा र मूलांकन गर्न भिएआरकाे संकेत देखाइएकाे भिडियाे पाइन्छ । टविटमा त्यस्तै खिल्ली उडाउँदै यसाे लेखिएकाे छ, “शान्त रहनुहाेस्……भिएआरलाई पर्खाैं ।”



प्रतिक्रिया दिनुहोस्