Logo

धमला पत्नी र लामिछानेकी पूर्व पत्नी चर्चामा



काठमाडौं । नेपालका हिन्दु नारीहरुले तीज मनाइरहँदा अहिले दुई नारी चर्चामा आएका छन् । ती हुन् रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने र ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला ।

दुवै नारी आफ्नो पहिचानले मात्र चर्चामा आएका होइनन् । रविकी पूर्व पत्नी इशा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियाबाट चर्चामा आइरहेकी छिन् । उनको ब्लग नै हजारौं शेयर भएको छ । समाचार र तस्बिर सबैभन्दा बढी खोजीमा परेको छ ।

अर्का सेलिब्रिटी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाको खुट्टाको धोएको तस्बिर र भिडियोका कारण चर्चामा छिन् । हिन्दु नारी भन्दै उनले पतिको खुट्टा धोइन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । एलिजा चलचित्र नायिका पनि हुन् । उनले चलचित्र अनुराग खेलेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot