Logo

धादिङमा जीप दुर्घटना, दर्जनौं घाईते



काठमाडौं, १७ भदौ । धादिङबेशीबाट पात्ले जाँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घट्नामा परी दर्जनौं घाईते भएको समाचार बाहिर आएको छ । नविन ढुंगानाले फेशबुकमा पोष्ट गरेअनुसार दुर्घट्नामा परी घाईते भएकाहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ ।

उनकाअनुसार जिल्ला अस्पतालमा उपचार भईरहेका घाईतेहरुमा जिल्ला धादिङ निलकण्ठ न.पा. १ देउरालीकी २९ वर्षीया कल्पना भुजेल‚ पात्ले बस्ने बर्ष २३ की लक्ष्मी घले‚ हिलखर्क बस्ने वर्ष ६३ की फुलमाया गुरुङ‚ खाल्टे बस्ने बर्ष २१ की साबित्री गुरुङ‚ हिलखर्क बस्ने बर्ष ४८ का सन्त बहादुर गुरुङ र चितवन जिल्ल ईच्छामनकामना गा.पा. बस्ने बर्ष ४० की दिलमाया थापा मगर रहेका छन् । उनीहरुको अवस्था अहिले सामान्य छ ।

त्यस्तै, दुर्घट्नामा घाईते भएका केहीलाई काठमाण्डौ रिफर गरिएको छ। काठमाडौं रेफर गरिएका घाईतेहरुमा धादिङ निलकण्ठ न.पा. १ बस्ने ६५ की नाममाया गुरुङ‚ पतेनी बस्ने बर्ष ३९ को ईश्वर दाहाल‚ हिलखर्क बस्ने अन्दाजी बर्ष ६४ को पुर्णबहादुर गुरुङ र पात्ले बस्ने अन्दाजी बर्ष ४० की लिला कुमारी गुरुङ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्