Logo

चन्द्रमाको नजिक पुग्यो चन्द्रयान



भारतले प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमाको निकै नजिक पुगेको छ । चन्द्रयान २ अभियानको विक्रम ल्यान्डर मुख्य अन्तरिक्षयानबाट टाढा सारिएको भारतीय अन्तरीक्ष संस्था इस्रोले जानकारी दिएको छ ।

७ सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्ने ल्यान्डरले सोमबार आफूलाई मुख्य अन्तरिक्षयानबाट अलग गरेको थियो । यो स्वतन्त्र रूपमा अघि बढ्न थालिसकेको थियो ।

३ सेप्टेम्बरको बिहान भारतीय समय अनुसार ८ बजेर ५० िमनेट चार सेकेन्डको प्रदर्शन पछि विक्रमले आफ्नो कक्ष परिवर्तन गरेपछि चन्द्रमाको नजीक पुगेको छ । यस्तै प्रकारको अपरेसनको माध्यमबाट, विक्रमले आफूलाई अर्को कक्षामा राख्ने छ । अर्को कक्ष करिब चन्द्रमा बाट ३६ किलोमिटर मात्र टाढा रहेको जनाइएको छ । यो विस्तारै चन्द्रमातर्फ बढ्ने अभ्यास भइरहेको छ ।

चन्द्रमामा अवतरण गर्नुअघि मुख्य अन्तरिक्षयान आफ्नो मूल कक्षमा रहिरहनेछ, र बेंगलुरुमा ट्र्या्किंग स्टेशनमा कम्तिमा एक वर्षको लागि सूचना प्रसारण गर्ने छ । मुख्य अन्तरिक्ष यान र ल्यान्डर दुवै ठिक अवस्थामा रहेको इस्रोले जानकारी दिएको छ ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न लागेको चन्द्रयान उसका लागि मात्र नभई विश्वकै लागि महत्वपूर्ण उपलब्धि हुनेछ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्