Logo

वेटरलाई गेस्ट हाउसको तेस्रो तलाबाट फाल्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीले कलङ्कीको नारायणी गेस्ट हाउसको तेस्रो तलाबाट सोनाम सुनारलाई फाल्ने तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति अर्डर गरेको खाना सुनारले पु¥याउन जाँदा खानाको विषयलाई लिएर फाल्ने मकवानपुरका वाइबा लामा, गुल्मीका सविन अर्याल र रामेछापका निशान धमलालाई आज दिउँसो पक्राउ गरेको हो ।

खानाकोे विषयमा लिएर झगडा गर्दा सुनारलाई फालेर फरार रहेका पाँचमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फरार दुई जनाको प्रहरी खोजीकार्यमा रहेको छ ।

गम्भीर घाइते सुनारको उपचारका लागि शहीद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था चिन्ता जनक छ ।



प्रतिक्रिया दिनुहोस्