Logo

प्रहरीले कुटेको भीडियो भाइरल भोली बन्दको घोषणा



रसुवा– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ। कुटपिट गर्ने प्रहरीको नाम प्रहरीले गोप्य राखेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सवारी चालकमाथि कुटपिट गरेको भन्दै बुधबार रसुवा बन्दको आह्वान गरेका छन्।

चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि आग्रह गर्दा चालकले असईमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ साढे ५ बजेको समयमा उक्त घटना भएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ। प्रहरीले ना ६ ख ४९२५ नम्बरको चालक श्रीमान तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस्