Logo

के देवयानी राणाको प्रेममा दिपेन्द्र पागल थिए ?



रिपोर्टर्स नेपाल । दरबार हत्याकाण्डको छानविन प्रतिवेदन अनुसार दिपेन्द्रले नै आफ्ना परिवारका सदस्यहरूको हत्या गरेका थिए । यसको मुख्य कारण देवयानी राणा भनिएको छ । पाका नेता पशुपति शमशेर राणाकी छोरी हुन् देवियानी । पढेलेखेकी आकर्षक थिइन् । उनको प्रेममा दिपेन्द्र पागल भए नभएको देवयानीले केही बताएकी छैनन् । दिपेन्द्रसँग नजिक रहेकाहरुले यसबारे केही खुलासा गरेका छन् ।

एक पक्षको दाबी अनुसार देवयानीसँग कुनै हालतमा विवाह गर्ने दिपेन्द्रको योजना बन्यो । विवाहको बारेमा राजपरिवारमा विवाद चुलिएको थियो । विवाद सृजनाले उनी अत्यन्त रूस्ट थिए । तर, रानी ऐश्र्वाले मानेकी थिइनन् ।

राणा खानदानकी भएपनि देवयानी राणाको परिवार पशुपती शम्शेर राणाहरूलाई ‘ग’ वर्गका ठान्थे राजपरिवार । ’ राणा र शाह खानदानबीच वैवाहिक सम्बन्ध स्थापित हुने एउटा परम्परा थियो । यद्यपि, राजपरिवारका शाहहरूले ‘क’ वर्गका राणाहरूस“ग मात्रै विवाह गर्दथे ।

सरकारी छानविन आयोगको भनाइअनुसार देवयानीसँग विवाह गर्ने दिपेन्द्रको चाहना विरूद्व उनकै आमा रानी ऐश्वर्य उभिएकी थिइन् । यसैकारण, दिपेन्द्रले नियमित शाहीभोजमा परिवारको हत्या गरिदिएका हुन् । उसबखत उनले धेरै मादकपदार्थ पिएका थिए । छानविन प्रतिवेदनमाथि अझै शंका गर्नेहरुको संख्या ठूलो छ ।

हत्या भएको दिन देवयानीसँग दिपेन्द्र र उनका अंगक्षकहरुले टेलिफोन संवाद गरेको उल्लेख छ । देवयानीलाई कुनै हालतमा ल्याउन दिपेन्द्र त्यतिसम्म हिंसक बने होलान् भन्नेमा धेरैले विश्वास गरेका छैनन् ।

देवयानी हाल भारतका कुलिन व्यक्ति ऐश्वर्यासँग विवाह गरेकी छिन् । नेपाल बेला बेलामा आइरहने देवयानीले अहिलेसम्म मुख खोलिनन् ।



प्रतिक्रिया दिनुहोस्