Logo

मरभूमि र स्त्रीको पहिरनको संकेतसहितकाे कतार विश्वकप २०२२ को लोगो



काठमाडाैँ, भदाै १८ । फिफा विश्वकप कप फुटबल २०२२ को वैधानिक चिन्हकाे उद्घाटन दाेहामा भएकाे छ । यो फिफा वर्ल्ड कपको २२ औँ संस्करण चिन्ह हो । हजारौँ दर्शक र जन्ताहरुको माझ देशको विभिन्न प्रख्यात भवनहरुमा यसलाई सार्वजनिक गरिएको थियो विशेषगरी युनेस्को वर्ल्ड हेरिटेज क्षेत्रहरुमा यसलाई खुब धुमधामसँग एकैसाथ उद्घाटन गरियो । चिन्ह प्याजी र सेताे रंगमा छ ।

यो चिन्हले अरबीहरुको सम्पदा र संस्कृति झल्काउँछ । कतारमा फुटबलले हरेक जातिका मानिसलाई एक गराउने गरेको तथ्य बहिरिएको छ । फुटबल खेल्न र हर्नका लागि विभिन्न फरक संस्कृतिका व्यक्तिहरु एकैसाथ जम्मा हुन्छन् र मैदानमा उत्रिन्छन् । यो चिन्हले कतार कसरी विपन्नतादेखि सम्पन्नता तर्फ लागेको छ भनी प्रतिनिधित्व गर्छ ।

यो चिन्हले अंग्रेजी अंक एट (आठ) देखाउँछ जसले २०२२ मा कतारमा आयोजना गरिने आठवटा विशाल फुटबल स्टेडियमलाई जनाउँछ । यो एउटा अनन्तताको पनि चिन्ह हो जसले फुटबललाई अनन्तसम्म रहिरहने खेलको रुपमा देखाउँछ । चिल्लो बांगिएको आकारले कतारको चिल्लो मरुभूमिलाई संकेत गर्छ ।

त्यस्तै गरी यस्तो आकार बनाउने प्रेरणा परम्परागत ऊनको पछयौराबाट प्रेरित भएको छ । जाडो याममा अरब र खाडी मुलुकमा स्त्रीहरुले पहिरने पछयौराको रंग र आकारसँग यसलाई तुलना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्