Logo

सामाजिक सञ्जालभरि विवाद चर्काउने फुटबलर माइकल ओवेनको किताब



माइकल ओवेनकाे नयाँ किताबले सामाजिक सञ्जालमा खुबै विवाद चर्काउँदै छ । याे किताब उनकाे जीवनी हाे जसकाे नाम  रिबुट, माइ लाइ माइ टाइम  राखिएकाे छ ।

याे पुस्तक भाेली प्रकाशित गरिनेछ । तर प्रकाशित हुनुभन्दा पहिला नै सामाजिक सञ्जालमा यसले विवाद ल्याएकाे छ भने अरू अन्तर्राष्ट्रिय मिडिया पनि त्यही विवादका कारणहरू छापेर भरिएकाे छ।यो किताबमा ओवनले आफूलाई सन् २००५ मा रियाल म्याड्रिडबाट म्यागपाइमा सरुवा हुँदा एक असफल कदम चालेको र त्यस्तो काम गरेकोमा पछुतो भएको लेखेकाे थाहा पाएपछि दर्शक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यो विवाद चलाउन थालेका हुन् ।

इंग्लयाण्डका स्ट्राइकार माइकल ओवेन र एलेन सेरेर बीच केही विवाद चिर्किको खबर हात लागेको छ ।यसै क्रममा यी दुइ बीच ट्विटरमा पनि तीता शब्दहरुकाे आक्रमण गरेको पाइयो किनभने ओवेनले आफ्नाे पेशाको अन्तिम ६ देखि ७ वर्षको अवधीमा खेल छोड्न चाहेको बताए । न्यू कासलमा हुन मन नपराएकाे लेख पाएपछि विवाद झन् चर्किएकाे हाे किनभने सेरेर पनि यही टाेलीका खेलाडी थिए ।
त्यसैको जवाफमा सेरेरले माइकललाइ पनि खेल छोडेर गएको वेश हुन्थ्यो किनभने उसलाई खेलाउँदा हरेक हप्ता १२० हजार पाउण्ड खर्च त्यतिकै भएको उल्लेख गरेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्