Logo

सुनको हार लुट्नेलाई मोटरसाइकलबाट झारेपछि… (भिडियोसहित)



काठमाडौँ भदौ १८ । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । यस भिडियो हेरे पछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले साहसी महिलालाई सलाम ठोकेका छन् ।

Photo Credit:GulfToday

भारतको नयाँ दिल्लीमा मोटरसाइकलमा चढी महिलाका हार लुट्ने कर्तुत धेरै बढेको छ । यसैक्रममा सिसिटभीले खिचेको एउटा भिडियो भाइरल बन्न पुगेको हो । यो भिडियो टविटरमा होलेर बाँडिएको छ जसलाई दर्शकले धेरै रुचाएका छन् ।

रिक्साबाट बाहिर ओर्लिएपछि बाटो काट्न लाग्दा बाइकमा दुई पुरुषहरु महिलाकाे सामु आएर हार थुतेर भाग्न खोज्दा यसो भएको छ ।
मोटरसाइकलबाट महिलाले झारिसकेपछि अरु पुरुषहरुले लुटेरालाई कुटेको छन् । सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले साहसी महिलाभन्दै यो भिडियो आफूले बाँडिरहेका छन् ।

https://twitter.com/i/status/1168718510635139073



प्रतिक्रिया दिनुहोस्

Screenshot