Logo

भाइटिका लगाएको भाईले माग्यो फिरौती र दियो अपहरणको धम्की



काठमाडौं – काठमाडौंको स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धक्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ। २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो।

रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए। मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताए। विश्व निकेतन स्कुलका प्रधानाध्यापकसमेत रहेका हेरम्बराजले बहिनीलाई त्यस्तो धम्की आएको थाहा पाएपछि कालिमाटी प्रहरी वृत्तमा उजुरी गरेका थिए।

धम्की दिने उनीहरूकै आफन्त हुन्। धादिङको बेनीघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोषले रेन्जुको परिवारबारे सबै जानकारी राखेका थिए। पुरानो घर एकै ठाउँ भएकाले रेन्जुले सन्तोषलाई भाइटीकासमेत लगाउने गरेकी थिइन्। केही समय भारत बसेर आएका सन्तोष भारतमै पनि अपराधमा संलग्न भएका कारण पक्राउ परेको थिए।आजको नागरिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्