Logo

ओसाका उडान सातामा दुई दिन मात्रै



काठमाडौं – जापानको ओसाका उडान सुरु गरेको पाँच दिनमै नेपाल वायुसेवा निगमले उडान संख्या घटाएको छ। हप्तामा तीन दिन ओसाकाको सिधा उडान सुरु गरेको निगमले सेप्टेम्बरसम्मको लागि बिहीबारको उडान बन्द गरेको छ।

यसअघि मंगलबार, बिहीबार र शनिबार गरेर हप्तामा तीन उडान भर्ने उडान तालिका सार्वजनिक गरेको निगमले बिहीबार बाहेकका दिनमा भने उडान जारी रहने जनाएको छ।

पर्यटकको अफ सिजन रहेको र यात्रु कम भएकाले हाललाई हप्तामा दुई दिनमात्रै उडान हुने भएको निगम स्रोतले जानकारी गराएको छ । दोहोरो उडानको क्रममा एक करोड रुपैयाँ खर्च हुने तर विमान खालि उड्ने भएकाले एक दिन घटाइएको निगमले जनाएको छ । आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्