Logo

हत्या गर्ने पक्राउ



काठमाडौं । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला शरणपुर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ बाङ्गेसिमल घर भएका हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका २ घर भएका साकार (सागर) तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका ५ डाँडाखर्क घर भएका सरोज (सुवास) श्रेष्ठ रहेका छन् । उनीहरुलाई १६ भदौको साझँ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटना भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका ४ स्थित कम्फर्ट कोलनी नजिक फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईलास्थित शरणपुरचोकमा झै–झगडा भएको जानकारी पश्चात खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको हो । घाइते बस्नेतलाई उपचारका लागि प्रहरीले मनमोहन अस्पताल स्वयम्भूमा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मादक पदार्थ तथा अन्य नशालु पदार्थको सेवनबाट मातेर मृतकसँग सामान्य विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रहार गरी भागेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्