Logo

छिमेकीको हत्या गर्ने पक्राउ



गोरखा । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुटपिट गरी छिमेकीको हत्या गरेको अभियोगमा चुमनुब्री गाउँपालिका १ साम्दो बस्ने निमा दोर्जे लामालाई १८ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

निमाले १७ भदौको दिउँसो सोही ठाउँ बस्ने तेन्जेङ दोर्जे लामालाई कुटपिट गर्दा मृत्यु भएको खबर पश्चात प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्