Logo

पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु २’



नायिका पूजा शर्माले अहिले नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’को काम सुरु गरिसकेकी छिन् । शर्माले यो वर्ष धेरै चलचित्रहरुमा काम गरेकी छिन् । निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र देखिने पूजा अहिले बाहिरी ब्यानरमा पनि आकर्षित छिन् । पूजा यो वर्षको सुरुवात देखि नै धेरै व्यस्त देखिएकी छिन् ।

पूजा एकपछि अर्काे चलचित्रमा काम गरिरहेकी छिन् । पूजाले लण्डनमा करिब दुई महिना चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकिएपछि फेरी चलचित्र ‘पोई पर्यो काले’मा काम गरेकी थिइन् । उनी अहिले ‘म यस्तो गीत गाउँछु २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रको छायांकन सकेसँगै उनी दार्जीलिङका एक निर्माताको चलचित्रमा काम गर्ने भएकी छिन् । पूजाले एकपछि अर्काे गरेर ४ वटा वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ । पूजाको पछिल्लो समयमा रिलिज भएको चलचित्र ‘रामकहानी’ औषत रुपमा चलेको थियो ।



प्रतिक्रिया दिनुहोस्