Logo

डेंगु र स्क्रब टाइफस नियन्त्रण गर्न सरकार असफल



काठमाण्डौ । केही महिनायता डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेको छ । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ । तर नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न सकेको छैन । ४० भन्दा बढी जिल्लामा डेङ्गु महामारीका रूपमा फैलिइसकेको छ ।

देशका विभिन्न जिल्लामा फैलिएको डेंगु नियन्त्रण कसले गर्ने भन्नेमै अन्योल देखिएको छ । सङ्घीय सरकार यसको नियन्त्रणमा आक्रामक तरिकाले लाग्नुपर्ने अवस्था देखिएको छ । प्रदेश सरकार र स्थानीय सरकार पनि हाँत बाँधेर बस्ने बेला होइन ।

तर सम्बन्धित निकायले डेंगु फैलिएको विषयलाई समान्य रुपमा नै लिएको जस्तो देखिन्छ । गत वैशाख ३१ मा सुनसरीको धरानमा डेङ्गु सङ्क्रमणका बिरामी भेटिए । त्यसबेला फाट्ट फुट्ट मात्रै देखिएको यो रोग नियन्त्रणका लागि स्थानीय सरकारले खासै चासो दिएन ।

जब सक्रमितको सङ्ख्या बढ्दै गयो अनि स्थानीय निकायले प्रदेश र सङ्घ सरकारसँग नियन्त्रणका लागि कर्मचारीदेखि बजेटसमेत माग्न पुग्यो । एक जिल्लाको एउटा सहरमा फैलिएको डेङ्गुले महामारीको यस्तो रूप लेला भन्ने कसैले सोचेनन् । धरानमा फैलिएको डेङ्गु अहिले ४२ भन्दा धेरै जिल्लासम्ममा पुग्ला भन्ने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको थियो ।

डेंगुसँगै स्क्रब टाइफस पनि देखिन थालेको छ । चितवनमा डेंगु र स्क्रब टाइफसका कारण तीनजनाको उपचारका क्रममा मृत्यु भइसकेको चितवनले स्वास्थ्य कार्यालय जानकारी दिएको छ । त्यस्तै डडेल्धुरा अस्पतालमा पनि २७ जनामा स्क्रब टाईफसका बिरामी देखिएका छन् ।

संक्रमणले जनता त्रसित भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने गैर जिम्मेवार देखिएको छ । नियन्त्रणको प्रयास भइरहेको बनावटी दिएरै मन्त्रालय उम्किने गरेको छ ।

ईपिडिािओलोजी तथा रोग नियन्त्रण माहाशाखाले पनि पर्याप्त जनसक्ति र बजेटको अभावका कारण रोग नियन्त्रण गर्न नसकिएको लज्जास्पद जवाफ दिएको छ ।

झण्डै ५ महिनाको अवधिमा ५ हजारभन्दा धेरै नागरिक सङ्क्रमित भइसकेका छन् । अहिलेसम्म ४ जनाले डेङ्गुकै कारण ज्यान गुमाइसकेका छन् । प्रमुख सहरहरु धरान, विराटनगर, पोखरा, हेटौँडा, चितवन र काठमाडौँ उपत्यका लगायतमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्