Logo

लण्डन राज्य समितिको उपाध्यक्षमा लालबहादुर गुरुङ बलियो दाबेदार



काठमाण्डौ । स्याङ्जाका लालबहादुर गुरुङले एनआरएन इङल्यान्ड राज्य परिषदको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । आगामी सेप्टेम्बर १४ मा हुने चुनावमा गुरुङले उम्मेदवारी दिन लागेका हुन् ।

एनआरएन बेलायतको अध्यक्षका उम्मेदवार पुनम गुरुङलाई साथ दिँदै उनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

गएको दुई वर्ष युवा संयोजक भएर सफल कार्यकार पूरा गर्दै गर्दा गुरुङले उपाध्यक्षमा लड्ने तयारी गरेका हुन् ।

युवा संयोजकको रुपमा २ वर्ष निकै सक्रिय देखिएका गुरुङले उपाध्यक्षमा चुनाव जित्ने दावी गरिएको छ । उनले संयोजक भएपछि युवा तथा महिला सशक्तिकरणका विभिन्न कार्यक्रम सम्पन्न गरेका थिए ।

संयोजक भएपछि महिला शसक्तिकरणका लागि छुल्ठिम गुरुङ र प्रिती आलेलाई बेलायत लगेर विभिन्न शहरमा कार्यक्रम गरेका थिए । त्यसैगरी राजदूत डा. दुर्गाबहादुर सुवेदी, राजेश हमालल, दिलभुषण पाठकगायतको सहभागितामा म अनि मेरो मातृभूमि नामको कार्यक्रम गुरुङले नै गरेका थिए । कार्यक्रमको अध्यक्षता एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले गरेका थिए । अन्तरक्रियामा अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिती थियो ।

लण्डनको युसिएल विश्वविद्यालयमा पनि उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो । म अनि मेरो मातृभूमि कार्यक्रम बेलायतको इतिहासमै पहिलोपटक भव्य कार्यक्रम भएको गुरुङको दावी छ । त्यसैगरी गत माघ २६ गते स्याङ्जामा अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता गराएका थिए ।

विगतमा गरेका यस्ता प्रभावकारी कामकै कारण लण्डन राज्य समितिको उपाध्यक्षमा चुनाव लड्न उनलाई दबाब आएको हो । १३ हजार ९ सय ९५ भोट रहेको समितिमा लोकप्रिय उम्मेदवारका रुपमा गुरुङलाई लिइएको छ ।

स्याङ्जाको कोल्मा बहकोट घर भएका गुरुङले उपाध्यक्षमा चुनाव जिते नेपाली समुदायलाई एक बनाएर विभिन्न काम गर्ने बताएका छन् । उनले युवाहरुको समस्या समाधानका लागि प्रभावकारी काम गर्ने दावी गरेका छन् ।

त्यसैगरी कुलतमा फसेको युवाहरुलाई सचेतनामूलक कार्यक्रममा क्रियाशिल गराउने लक्ष्य लिएका छन् । भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न विभिन्न कार्यक्रम ल्याउने पनि उनले बताएका छन् ।

इङ्ल्याण्ड राज्य समितिको विश्वकै ठूलो राज्य समिति हो । एनआरएनए युकेभित्र वेल्स, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र इङ्ल्याण्ड गरी ४ वटा राज्य समिति छन् । गुरुङले मतदानको अपिल गर्दै भनेका छन्–“यदि तपाईं इङ्ल्याण्डभित्रको सदस्य हुनुहुन्छ भने पहिलोपल्ट बन्दै गरेको यो राज्य समितिको चुनाबमा मलाई भोट दिन सक्नुहुन्छ ।”

पहिलो कार्यसमिति भएकाले यसलाई सबल बनाउन गर्नुपर्ने थुप्रै कामहरू रहेको भन्दै गुरुङले आफूले चुनाव जिते समितिले पृथक गति लिने दावी गरेका छन् ।

“सदस्यतादेखि उम्मेदवारी दर्तासम्मबाट उठ्ने आर्थिक स्रोतमाथि राज्य समितिहरूलाई कुनै अधिकार छैन । स्वतन्त्र रूपमा कार्यक्रमसम्म गर्न नपाउने अवस्था छ । राज्य समितिपछि रेडिंग, अल्डरसट, ह्यारो, बर्मिंघम, नटिङ्घम, प्लमस्टिड, लिभरपुल लगायतका दर्जन जति क्षेत्रमा क्षेत्रीय समिति विस्तार गरेर एनआरएनए युकेलाई लण्डनबाहिर विस्तार गर्नुपर्ने ठूलो अभिभारा छ । विधान संशोधनदेखि आर्थिक स्रोत व्यवस्थापन र सङ्गठन विस्तारसम्मका काम चुनौतीपूर्ण छन् । यिनै कामका लागि मेरो उम्मेदवारी हो ।” गुरुङले भने ।

उनले थपे–“म एकमात्र सक्षम र योग्य भन्ने होइन, तर मलाई यी चुनौतीसँग लड्न मन लागेकाले नै यो पद छानेको हुँ ।”

एनआरएन युकेमा एक कार्यकाल युवा संयोजकको रुपमा कान गर्ने अवसर दिएको धन्यवाद दिँदै उनले ठूलै चमत्कार गर्न नसके पनि जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“सबै जनाको साथ, सहयोग र प्रेरणाअनुसार नै अब एनआरएन युकेको इङ्ल्यान्ड राज्य परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । हिजोजस्तै आज र भोलि पनि यहाँहरुको साथ र हौसला रहने विश्वास व्यक्त गरेको छु ।” उनले भने ।

उपाध्यक्ष भएपछि इङ्ल्याण्ड परिषदको गरिमालाई उचाइमा पु¥याउँदै साझा समस्या र एजेण्डाको उठान गर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्