Logo

जेलभित्रको चिनजान, पशुपतिको जंगलमा अन्तिम श्वास



काठमाडौं । गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका पुरुष श्रीमतीलाई पशुपति धुम्न जान्छु कोठाबाट निस्किएको खुल्न आएको छ । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी अर्के महिलासंग भण्डारखाल पर्व घटेको जंगलमा अर्के महिलासंग झुण्डीएको अवस्थामा फेला परेका थिए ।
खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँसंग उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रातःभ्रमणमा निस्किएका उनी आफ्नी श्रीमतीलाई पशुपति दर्शन गरेर आउन्छ् खाना बनाएर राख्नु भन्दै कोठाबाट निस्किएको उनकी श्रीमतीले खुलाएकी छन ।

प्रहरीले दुवै श‘व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखेको र अन्य अनुसन्धानमा लागेको जानकारी दिएको छ । मृतक दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ । पछिल्लो समय गिरी बाँसबारीमा परिवारसँगै बसेर मजदूरी गर्दे आएका थिए ।

घटनापछि उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आई सकेको र अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी गराएको छ । उता खोटाङ बस्दै आएकी दमाइँ भने के कति कारणले काठमाडौँ आएकी थिईन खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्