Logo

ओसाका उडान कटौटी, टोकियोको तयारी



काठमाडौं । पर्याप्त यात्रु नपाएपछि ओसाकाको उडान संख्या कटौती गरेर नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियोमा उडानको योजना बनाएको छ ।

टोकियोको नरिता विमानस्थलमा पुस महिनाभित्र उडान थाल्ने निगमको योजना रहको छ । ओसाका उडान शुरु गरेकै साता निगमले पूर्वधोषित साताका तीन उडानलाई दई वटामा झार्ने निणर्य गरिसकेको छ ।

यात्रुको संख्या कम भएको भन्दै निगमले हाललाई ओसाका उडान मध्ये हप्तामा एक दिन उडान घटाई सकेको छ । अपेक्षित यात्रु नभएपछि उडान तालिका घटाएको भन्दै अहिले निगम आलोचना खेपिरहेको छ ।

बजार अंश बढाउन निगमले विभिन्न ट्राभल एजेन्सीसंग सहकार्य गरेकाले यसको परिणाम आउन केहि समयलाग्ने निगमका कर्मचारीको भनाई रहेको छ ।

अहिले ५० प्रतिशत सम्म यात्रु पाएपनि उडानको एक बर्ष भित्र ८० प्रतिशतभन्दा बढी पु¥याउन सकिने सम्बद्व कर्मचारीको भनाई रहेको छ ।आजको अभियान आर्थिक दैनिकमा टीपी भुसालले खवर लेखेका छन ।



प्रतिक्रिया दिनुहोस्