अमेरिका । मंगलबार अमेरिकाको मिसौरी राज्यमा कार दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् । दुर्घटनामा पर्नेमा एकै परिवारका रहेका छन ।
दुर्घटनामा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनालको निधन भएको त्यहाँको प्रहरीले जनाएको छ । उनका बुबाआमा अमेरिका घुम्न नेपालबाट आएका हुन्।
कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ। पछाडिबाट ट्रकले कारलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।




प्रतिक्रिया