Logo

अवैध रुपमा रकम असुल्ने पक्राउ



काठमाडौं, १९ भदौ । अवैध रुपमा रकम असुल्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । ‘अपराध महाशाखाको प्रहरी हुँ’ भन्दै डर धम्की दिई अवैध रुपमा रकम असुल्न खोज्नेलाई १७ भदौमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुशी बस्नेहरु तेह्रथुम आठराई गाउँपालिका १ घर भएका भक्त बहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोक गाविस ८ घर भएका हिमाल लिम्बु रहेका छन् ।

काठमाडौं स्वयम्भू गैरीगाउँ बस्ने धर्म गुरुलाई उनीहरुले अपराध महाशाखाको असई हुँ भनी डर – धम्की दिई अवैध रुपमा रकम असुल गर्न खोजेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्