Logo

ब्रेक्सिट विधेयक लर्डमा शुक्रबार पारित हुने



काठमाडौँ भदौ १९ । ब्रिटेन इयूबाट बाहिरिने (ब्रेक्सिट) विधेयक लर्डमा यो शुक्रबार पारित हुनेछ । यो विधेयकले इयूसँग ब्रिटेनले कुनै पनि व्यावसायिक सम्झौता गर्न नपाउने प्रावधान तयार पारेको छ ।

यो प्रस्तावित विधानलाई संसदका सदस्यहरुले बुधबार पारित गरी प्रधान मन्त्री बोरिस जनसनलाई हराएको छ । लर्ड एसटोन हाइडले जानकारी गराएअनुसार यो विधेयकले शूक्रबार सबै तह पूरा गर्नेछ ।

श्रमका नेता जेरेमी कोरबिनले अघिलो पटक भने अनुसार जनसनलाई फेरि निर्वाचन गर्न अनुमति पाउनुभन्दा अघि उनका पार्टीले राजसी अनुमति पाउनुपर्ने बताएका थिए । यो विधेयक पारित हुनुमा कुनै पनि बाधा नआउने जानकारी श्रमका नेता बारोनेस स्मिथले हाउस अफ लर्डलाई जनाएका छन् ।

संसदका सदस्य हिलारी बेनले प्रस्तुत गरे अनुसार यो समझौता गर्न नपाइने विधेयक अनुसार प्रधान मन्त्री जानसनले १९ ओक्टोबरसम्म ब्रिटेनलाई ईयूसँग कुनै पनि व्यावसाय सम्झौता गर्न नपाइने प्रावधान संसदमा पारित गरिसक्नुपर्छ र संसदका सदस्यहरुबाट स्वीकारोक्ति पाइसक्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्