Logo

कृषिमन्त्री खनाललाई डेंगुको संक्रमण, ग्राण्डी अस्पतालमा भर्ना



काठमाडौं, १९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रम भएको छ । मन्त्री खनालको सचिवालयले दिएको जानकारी अनुसार उनको अहिले काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार भैरहेको छ ।

गत शुक्रबार मन्त्री खनाल ज्वरो आएको निहुँमा अस्पताल पुगेका थिए । काठमाडौंको टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा मन्त्री खनाललाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो । मन्त्री खनाललाई हिजो (बुधबार) अस्पताल भर्ना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्