Logo

न्यूजिल्याण्डमा दादुराको महामारी



न्युजिल्याण्डमा फैलिरहेको दादुराको महामारीले एक हजारभन्दा बढी मानिसहरूलाई ग्रसित तुल्याएको तथ्यांक बाहिरिएको छ ।

२०१९ को १ जनवरी देखि ५ सेप्टेम्बरसम्म एक हजार ५१ व्यक्तिहरुलाई दादुराको रोगले ग्रसित तुल्याएको जानकारी न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालायले बताएको छ ।

दादुरा एउटा खतरनाक रोग हो जसले रुँगा, खोकी र ज्वरो ल्याउँछ अनि द्रूतगतिमा फैलिन्छ । यसको लागि प्रभावकारी र सुरक्षित खोपहरु उपलब्ध भएपनि  विकसित देशहरुमा विगतका केही विर्षदेखि दादुरा फैलेको पाइन्छ ।

विश्वभरि दादुराको महामारीले ग्रसित भएका बिरामीहरुको संख्या चौगुणा बढेको तथ्यांक वर्ल्ड हेल्थ अर्गनाइजेसनले प्रस्तुत गरेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्