Logo

चार सय बयासी ग्राम सुन सहित पक्राउ



काठमाडौं, १९ भदौ । अवैध रुपमा लुकाई छिपाई ल्याएको चार सय बयासी ग्राम सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर ०८३८१५३९ वाहक सन्तोष कुमार नेपाली रहेका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट १८ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो । साथै उक्त सुन संकलन गर्न आएका सुजन बहादुर घले समेतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दुवैजनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्