Logo

भारतीय जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतको भाइरल तस्विर (फोटोफिचर सहित)



हाल सामाजिक सञ्जालमा एक तस्विर भाइरल भएको छ । उक्त तस्विर भारतीय जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतको हो । शेखावतले भाजपा नेता र हरियाणा मिनिस्टर विपुल गोयलको निवासमा गणपति पूजामा उपस्थित हुन मेट्रोको प्रयोग गरेको तस्विर आफ्नो ट्वीटरमा ट्वीट् गर्नु भएको हो । उनले भिभीआईपीको प्रयोग नगरी साधरण व्यक्तित्व भएर आफ्नो गन्तव्यसम्म पुगेका हुन् । शेखावत साधारण सेतो शर्ट र बेज रंगको प्यान्ट लगाएर यात्रीहरु जसरी नै मेट्रोको कोचमा उभिएका थिए ।

जोधपुरका धेरै बासिन्दाहरुले प्राय उनी रेलको प्रयोग गरेर नै दिल्लीबाट आफ्नो निवास जानु कुराहरु उल्लेख गरे । शेखावतको उक्त कार्यलाई धेरैले अनलाइनमार्फत प्रशंसा गरेका छन् ।

 

तस्विर स्रोतः इन्डियन एक्सप्रेस



प्रतिक्रिया दिनुहोस्