Logo

गोलभेँडाको मुल्य घट्यो



काठमाडौ । बजारमा गोलभेँडाको मुल्य घटेको छ । पछिल्लो समय केजीको १६० सम्म पुगेको गोलभेँडाको मुल्य घटेर १९ भदौमा न्यूनतम ४० रुपैँया र अधिकतम ५० रुपैँमा कारोवार भएको छ । यसले ग्राहकहरुमा सहजता ल्याएको छ । विगत केही दिन अघिसम्म महँगो भाउ तिर्ने ग्राहकमा भने सहुलियत पुगेको छ ।

कृषि व्यवसायहरु भने मारमा परेका छन् । बजारमा नेपाली गोलभेँडा र भारतीय गोलभेँडाको मुल्य एउटै रहेको छ भने सानो गोलभेँडा के.जी.को ३४ रुपैँयादेखि ४० रुपैँयामा कारोबार भएको छ । गोलभेँडाको मुल्य एकैचोटी घटेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्