Logo

कृषि मन्त्री डेङगुले थलिएर अस्पताल भर्ना भएको बेला दूधको मूल्यमा वृद्धि



काठमाडौं । आउँदो शनिबार २१ भदौं देखि सरकारले दूधको मुल्यमा वृद्धि गरेको छ । दुग्ध विकास संस्थाले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको हो । दूधको मूल्य वृद्धिसँगै उपभोत्ताहरु मारमा परेका छन् । कृषि मन्त्री चक्रपाणि खनाल डेङगुले अस्पतालमा भर्ना भएको बेला यो निर्णय गरिएको छ ।

किसानले बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा र व्यवसायीले ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा प्राप्त गर्ने छन् । उपभोत्ताहरुले अब नयाँ मूल्य अनुसार एक लिटर दूधको ७६ रुपैयाँ तिर्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस्