Logo

विश्वकप फुटबल छनोटमा नेपालको शुरुवाती खेल हुँदै (को-को खेल्दै सूचीसहित)



काठमाडौं, भदौ १९ । नेपालले धेरैपछि कुवेतसँग फुटबल प्रतिष्पर्धा गर्दैछ । हालसम्म कुवेतविरुद्ध एक खेलमात्र बराबरी गरेको नेपालले विश्वकप फुटबल अन्र्तगत दोस्रो चरणको खेल खेल्दा दबाबमा रहनसक्छ । इतिहास कुवेतको पक्षमा हुनुले पनि दबाब नेपालमाथि रहनसक्ने सम्भावना रहेको हो । तर, नेपाली खेलाडी डटेर कुवेतको सामना गर्न कुवेतको राजधानी कुवेत सिटीमा तयारीमा छन् ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको फुटबलकोएशिया प्यासिफिक छनोट अन्र्तगत नेपाल आफ्नो समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र ताइवानसँग छ । राउन्ड रोबिनका आधारमा हुने खेलमा प्रत्येक टोलीले विपक्षी टोलीसँग घरेलु र विपक्षीको मैदानमा खेल्नुपर्ने हुन्छ । नेपालका लागि विश्वकप खेलिसकेका अष्ट्रेलिय र कुवेत निकै ठूलो चुनौती हुन् । जोडर्न गत संस्करणमा प्ले अफमा पुगेको टोली हो ।

आजको खेलमा को को भिड्दै

गोआमविरुद्ध मालदिभ्स
फिलिपिन्सविरुद्ध सिरिया
ताइवानविरुद्ध जोडर्न
्कुवेतविरुद्ध नेपाल
बहराइनविरुद्ध इराक
कम्बोडियोविरुद्ध हङकङ
सिंगापुरविरुद्ध यमन
कतारविरुद्ध अफगानिस्तान
मंगोलियाविरुद्ध म्यानमार
ताजिकिस्तानविरुद्ध किर्गिज रिपब्लिक
थाइल्यान्डविरुद्ध भियतनाम
इन्डोनेशियाविरुद्ध मलेशिया
श्रीलंकाविरुद्ध तुर्केमिनिस्तान
उत्तर कोरियाविरुद्ध लेबनान

 



प्रतिक्रिया दिनुहोस्