Logo

कुवेतसँग फुटबलमा यसरी हार्यो नेपाल (भिडियोसहित)



नेपाल कुवेतसँग विश्वकप फुटबल छनोटमा ७-० ले पराजित हुनु अनेपेक्षित भने थिएन । नेपाली खेलाडीले विश्वकप खेलिसकेको टोलीसँग बहादुरीका साथ खेल्ने लक्ष्य लिएपनि कठिन परिस्थितिको सामना गर्नुपर्यो ।

कुवेत सिटीमा १९ भदौमा भएको खेलमा नेपाली खेलाडीहरु विपक्षीको घरेलु मैदानमा थिए । देशभित्र फुटबल लिग राम्ररी नचल्नु, अन्तर्राष्ट्रिय खेलहरुमा कम खेल्नु र इतिहास कुवेतकै पक्षमा हुनुले खेल चुनौती पूर्ण नै थियो ।

आफ्नो मैदानमा कुवेतले लगातार आक्रमण गरिरह्यो । खेलको शुरुवाती देखि अन्तसम्म गोलको वर्षा गरिरह्यो । छैठौं मिनेटमै युसेफ नसिरले गोल गरी अग्रता दिलाएपछि नेपाली टोली सम्हालिन सकेन । पहिलो हाफमा दुई गोलले अगाडि रहेको कुवेत दोस्रो हाफमा झन् आक्रामक बन्यो । त्यसपछि उसले लगातार पाँच गोल गरेको थियो ।

एशिया प्यासिफिकको दोस्रो चरणको प्रतिष्पर्धामा आफ्नो समूहमा पहिलो खेलमा हार व्यहोरेपछि नेपालको तेस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । नेपालको समूहमा विश्वकप खेलिसकेको अष्ट्रेलियाका अलावा जोर्डन र ताइवानजस्ता बलिया टोली छन् ।

तस्बिर स्रोतः गोल नेपाल



प्रतिक्रिया दिनुहोस्