Logo

प्रधानमन्त्री ओली नै होलीवाइनमा संलग्न भएर सनातन धर्ममाथि आक्रमण गरेको भन्दै डा.महतले भने- अब धार्मिक स्वतन्त्रता



नेपाली काँग्रेसका सहमहामनत्री डा. प्रकाशशरण महत सभापति शेरबहादुर देउवाका निकट मानिन्छन् । काँग्रेसको आगामी रणनीतिबारे नेपाली रेडियो नेवटर्कको नेपाली बहसमा उनले ऋषि धमलासँग सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग गरिएको कुराकानीः

नेपाली कांग्रेस आन्दोलनमा जाँदैछ भनिन्छ नि किन?
सरकारको यस्तै रवैया रहिरह्यो भने हामी आन्दोलनमा जान वाध्य हुनुपर्छ भनेको हो । त्यसै आन्दोलनमा जने भनेको होइन । देशमा जुन खालको विकृति बिसंगति भइरहेको छ । जस्तै भ्रष्टाचारमा मुलुक चुर्लुम्म डेबेको छ । तजाततै भ्रष्टाचार अनियमितता, हत्या, हिंसा, बलात्कार, भ्रष्टाकार ठूला–ठूला शृंखलाहरुले मुलुकलाई तहसनहस बनाएको छ । संवैधानिक अधिकारलाई मिचेर जुनखालको काम भइरहेको त्यो नसच्चिए कांग्रेस आन्दोलन जान सक्छ ।
किन यो सरकार लोकतन्त्रलाई घातक ?
यो सरकारप्रति जनताको ठूलो बितृष्णा छ । सत्तामा जनुभन्दा अगाडि यो सत्तामा जानुहरुले गरेको प्रतिबद्धता अहिले पुरा गर्न नसकेकोमा जनता रुष्ट भएका हुन् । जताततै भ्रष्टाचार, ब्यापक सक्ता र शक्तिको दुरुपयोग गरेकोमा जनता चिन्तित भएका हुन् । सरकारमा बस्नेहरु आफ्ना असफलताहरु छोप्नका लागि लोकतन्त्रमा खतरा हुने प्रवृत्ति बढेको छ भन्नै छन् । यही निहुँ देखाएर लोकतन्त्रमाथि खतरा ल्याउने गतिविधिहरु बढाउँदैछन् ।
सरकारले राम्रो काम नगरेको बेला प्रतिपक्षी दल किन जिम्मेवार हुँदैन ?
हामी जिम्मेवारीका साथ अगाडि बढिराखेका छौं । हामी सरकारपक्षलाई तपाईहरु लगात काम गर्नबाट सच्चिनुहोस् । देश र जनताको विकासमा आँच आउने काम नगर्नुहोस् । संवैधानिक व्यवस्थालाई आपैm कुल्चिने काम नगर्नुहोस् । संविधानको मर्म, भावना, लोकतान्त्रिक पद्धतिलाई आपैm कुल्चने ? अहिले प्रतिपषी दलहरुलाई लौ लोकतन्त्र खतरा आयो अब हामी एक हुनुप¥यो भन्ने । आपूmले संविधानको भावना, मूल्य, मान्यतालाई कुल्चन छोडेपछि ठीक भइहाल्छ नि । जनतामा असन्तुष्टि घट्छ । अरुले खल्न पनि आउँदैन । त्यो कुरा त सरकारले बुझ्नुप¥यो नि ।
आन्दोलनमा जाने सामथ्र्य कांग्रेससँग छैन भन्नेहरु पनि छन् नि ?
पहिलाका पञ्चायती शासकहरुले पनि त्यस्तै भन्थे । २०४६ सालकोआन्दोलनताका त्यस्तै भन्थे र २०६२÷०६३ जनआन्दोलनका बेलामा त्यसै भन्ने गर्दथे । त्यस कारण अहिलेको गतिविधिले जनता जसरी असन्तुष्ट छन् त्यसको लागि सरकार गम्भीर हुनुपर्छ । लोकतन्त्रमा यस्तो खालको सरकार चलाउन मिल्दैन । अहिले जुन खालको विधेयक आइराखेको छ । यो सरकारसँग त आमनागरिक मात्र होइन । स्वयम उनीहरुको कार्यकर्ता पनि सन्तुष्ट हुन्छ । त्यसकाप्रति सरकारमा बस्नेहरुको चेत खुल्ने किनखुल्ने ।
नेपाली कांग्रेस दुई महिनादेखि लगातार बैठकमा बसेर के निष्कर्ष निाल्यो ?
अहिलेसम्म जति पनि निर्णयहरु भएका छन् ती सबै सर्वसम्मति भएका हुन् । संघीय संरचनाअनुसार पार्टीलाई रुपान्तरण गर्ने काम थियो त्यो भएको छ । राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम आगामी २४ गतेबाट अगाडि बढ्दै छ । त्यसले गाउँतहसम्म पार्टीको गतिविधिहरु परिचालित हुन्छ । त्यस कार्यक्रममा ३३० प्रतिनिधिहरु केन्द्रले खटाउनेछ । माथिदेखि तल वडास्तरसम्म सम्पूर्ण पार्टी चलाएमान हुन्छ । यसरी चलाएमान कार्यक्रममा सरकारले गरेका कमीकमजोरीका बारेमा जनतासँग जानकारी लिन्छौं । उनीहरुले के गरिरहेका छन् । त्यसका आधारमा हामी अगाडि बढ्छौं । र, आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर संगठनलाई चुस्तदुरुस्त बनाउँछौं । सरकार सच्चिएर आएन भने हामी धर्ना, जुलुसलगायतका आन्दोलनमा जान वाध्य हुनेछौं ।
हिजो गिरिजाप्रसाद कोइराला कम छलफल बढी निर्णय गर्नुहुन्थ्यो, तपाईंहरु छलफल गरिरहनुहुन्छ तर जनताका पक्षमा एउटा पनि महत्वपूर्ण निर्णय गर्न सक्नुहुन्न नि ?
किन गरेको छैन ? हामीले पनि महत्वपूर्ण निर्णय गरेका छौं । दुई महिनासम्म लगातार छलफल मात्रै गरेको होइन । बीचबीचमा नेताहरुको पनि विभिन्न ठाउँका कार्यक्रममा जानुपर्ने भएकाले । कहिले छलफल गर्ने कहिले काम गर्ने गरिराखेका छौं । केही निर्णयहरु पनि भएका छन् । सकेसम्म निर्णयहरु गर्दा सहमतिकै आधारमा होस् भन्ने कार्यकर्ताको पनि चाहना छ । फेरि सञ्चारमाध्यममा कांग्रेसमा झगडै झगडा छ भन्ने नचाहिँदा प्रचार बढी भएका छन् । मिडियामा जति आएकाछन् पार्टीभित्र त्यस्तो विवाद छैन ।
नेपाली कांग्रेसले भ्रष्टाचारका वाइडवडीदेलि बालुवाटार जग्गा प्रकरणसम्मका काण्डको पर्दाफास गर्नु लागेको हो ?
जति पनि सम्बन्धित छानविनका निकायहरु छन् । तिनीहरुले यी अनियमितताका घटनाहरुलाई गम्भीरताका साथ लिनुपर्छ । र, सत्यतथ्य छानविनको प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढानुपर्छ भन्ने हाम्रो माग हो ।
वाइडवटी खरिद प्रकरणमा त कांग्रेसकै नेताहरु संलग्नता देखियो नि ?
कांग्रेसी नेताहरुको त्यसमा कुनै संलग्नता छैन । यस विषयमा स्वयमं पार्टी सभापतिले निष्पक्ष छानविन हुनुपर्छ भनेर संसदमै बोल्नुभएको छ । केन्द्रीय समितिमा यसको बारेमा ब्यापक छलफल भएको छ । यो सरकारमा बस्नेहरुले आफ्नो जुन संलग्नता छ त्यसलाई ढाकछोप गर्ने दुष्प्रयास मात्र हो ।
त्यसो भए ललिता निवास जग्गा प्रकरणमा कांग्रेसको संलग्नता छैन ?
यसमा नेपाली कांग्रेसको कुनै संलग्नता छैन ।
कांग्रेसका नेताहरु सरकारमा भएको बेलामा निर्णय भएको छ नि
कांग्रेस सत्तामा भएको बेलामा यस विषय निर्णय गरेको होइन ।
यस काण्डमा कांग्रेसका शीर्ष नेताहरुको संलग्नताले कडा रुपमा उत्रन नसकेको भन्ने आरोप छ नि ?
सत्ताधारीहरुले आपूmलाई लागेको दोष नियोजित ढंगले प्रतिपक्षलाई थोपर्न खोजेको कुरालाई तपाईले दोहो¥याउने होइन नि । यस बारेमा हामीले संसदलगायत विभिन्न फोरमहरुमा निष्पक्ष छानविन हुनुपर्छ भनेर बोलिरहेका छौं । जसले दुरुपयोग गरेको छ उसले छानविन गर्छ । जुन निकाय छ छानविन गर्ने उसले गर्नुपर्छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा किन मागेको ?
नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेको छैन । उहाँलाई खाली राज्य, एनजीओ, आइएनजीओ, प्रधानमन्त्री स्वरोजगार, ठूलठूला आयोजनाको बिनाप्रतिस्पर्धा ठेक्कापट्टा दिनेलगायत राज्य, शक्ति र स्रोतको ब्यापक दुरुपयो भइराखेको छ । त्यसलाई रोक्नुहोस् भनेर असहमति जनाएका छौं ।
तर गगन थापाले संसद्मै राजीनामा माग्नुभयो नि ?
उहाँको यस्तै तरिका हो सत्तामा बस्ने अधिकार छैन भनिन्छ नि । त्यो सेन्समा हो । कि तपाईंहरु सच्चिनुसु होइन सत्ता छोड्नुस भनेको हो ।
नेपाली कांग्रेसले आधारिक रुपमा राजीनामा मागेको छैन ?
आधिकारिक भन्ने कुरै छैन । लोकतान्त्रिक विधिलाई मिचेर सत्ता चलाउन पाइँदैन । सुधार गर्नुहुन्न भने सत्ता छोड्नुपर्छ भनेको हो ।
नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भनेर कांग्रेसले किन भनेको ?
यसमा यस्तो भएको हो । प्रधानमन्त्री स्वयंमले होलीवाइन पिउने कार्यक्रममा सहभागी हुनुभयो । संविधानमा सनातन हिन्दु धर्मको संरक्षण गर्ने भनेर लेखेको छ । तर संरक्षण गर्नुको सट्टा त्यसमाथि प्रहार गर्ने काम सत्तामा बस्नेहरुकै भयो । जनतामा ब्यापक आशंकाहरु बढिरहेको छ । आपूmले मान्दै आएको धर्म, संस्कृति पनि मान्न नपाईने खालको जबरजस्ती बढ्दै गएको छ । त्यसले धर्मप्रति आस्था राख्ने नागरिकहरुमा अशंका बढ्दै गएको छ । त्यो जनताको चासो र चिन्ता पार्टीको केन्द्रीय समितिमा पनि प्रकट भयो । हामीले १७ बुँदामध्ये एउटा त्यसलाई पनि राख्यौं । त्यसमा संविधानमा उल्लेख भएको सनतन धर्म, संस्कृतिलाई संरक्षण गर्ने भन्ने के भयो भनेर त्यसको भावनालाई उजागर गरिएको हो ।
देशमा भएका अनियमिततामा कांग्रेस किन पछि हट्यो ?
कसले भनेको पछि हट्यो भनेर । हामीले संघीय, स्थानीय निकायलाई दिएको अधिकारलाई केन्द्रिकरण किन गरेको भनेर कुरा उठाएका छौं । जनतालाई अधिकार बनाउनुपर्छ भनेर लडिरहेका छौं । स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर कुरा उठाइरहेका छौं ।
परिवर्तनबाट पछि हट्नुभनेको आफ्नो खुट्टामा आपैmले बन्चरो हान्नुहोइन ?
हामी कहिल्यै परिवर्तनको एजेन्डाबाट फिर्ता भएका छैंनौं । हुनेवाला पनि छैन । हाम्रो नेतृत्वमा आएको हो परिवर्तन । सरकारमा बस्नेहरुले हामीले ल्याएको परिवर्तनलाई बाँदरको हातमा नरिवल बनाए भन्ने हाम्रो चासो र चिन्ता हो ।
तर हिन्दू राष्ट्र चाहिन्छ भनेर कांग्रेसका नेताहरुले बोलेका छन् ?
हिन्दू, बौद्ध, मुस्लिम, इसाई, किराँत, ल्होछारलगायत जति पनि नेपालीहरुले मान्ने धर्महरु छन् ती हाम्रा पहिचान हुन् । त्यो पहिचानलाई मेटाउने काम यो सरकारले गर्न पाउँदैन । त्यो विषयमा कुरा उठेको छ र त्यसैअनुसारको हाम्रो प्रस्ताव पनि पारित भएको छ । यी जुनसुकै धर्मावलम्बीहरुले आफ्नो आस्थाअनुसारको जुनसुकै धर्म मान्न पाउनुपर्छ । कांग्रेसको चारतारामध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक नै हो । धार्मकि स्वतन्त्रता नै हाम्रो मूल मन्त्र हो । यसलाई मास्ने काम नगर्नुहोस् भन्ने माग हो ।
हिन्दु राष्ट्रबाट कांग्रेस पछि हट्दैन ?
धार्मिक स्वतन्त्रता पनि हुनुपर्छ र हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किराँत, ल्होछारलगायतका धर्म हाम्रो पहिचान हो । यसलाई मास्न पाइँदैन । संविधानमा उल्लेख सनातन धर्म, संस्कृतिको संरक्षण पनि हुनुपर्छ ।
तपाईंहरु पूर्वाराजालाई फेरि राजा बनाउने चलखेलमा हो ?
लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले आन्दोलन गरेको ल्याएको व्यवस्था हो । धर्म, संस्कृति मान्ने भनेको राजा मान्ने हो ? बरु यो देशमा धर्म, संस्कृतिलाई कमजोर बनाउनुे काम भएको थियो । जनता नै अहिले जगरुक भइराखेका छन् यसको रक्षा हुनुपर्छ भनेर ।



प्रतिक्रिया दिनुहोस्