Logo

‘भ्रष्टाचार गरेमा नेकपाको केन्द्रीय नेतालाई पनि छाड्न हुन्न’



नेपाल कम्युनिष्ट पर्टीका स्थायी समिति सदस्य केशव बडाल प्रष्ट बोल्ने खरा नेता हुन् । उनले भ्रष्टाचार गर्ने जोकोहीलाई छाड्न नहुने बताए । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानीः

नेपाली कांग्रेसले त वर्तमान सरकारलाई १७ वटा अनियमितता काण्डमा फसेको आरोप लगाएको छ नि ?
अनियमितताको काण्डैकाण्ड भन्दा रमाइलो लाग्यो । ललिता निवास जग्गा प्रकरण २०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेलामा दुईवटा क्याबिनेटले निर्याय गरेको हो । त्यसपछि गिरिजाबाबु प्रधानमन्त्री हुँदा निर्णय भएको हो । त्यसपछि विजयकुमार गच्छदार भूमिसुधार मन्त्री हुँदा उहाँ प्रस्तावक भएर कतिपय निर्णय भएको हो । अहिलेको सरकारले यो मात्रै होइन देश भएका ज्यादतीलाई विवादिद जमीनसँग टुंगो लगाउन पोहोर साल भाद्र महिनामा एक वर्ष भयो । पूर्व सचिव शारदाप्रसाद धिताल ििगरिजाप्रसादको स्वकीय सचिव पनि हुनुभएको थियो । उहाँको अध्यक्षतामा कार्यदल बनेको थियो अहिलेको सरकारले जहाँजहाँ त्रुटी भएको छ । दुधकोदुध पानीको पानी छुट्याउने गरी कार्यदल बनाएर टुंगोमा पु¥यो भने बेला त्यो अनियमितता यही सरकारले गरेको भन्नु छ भने त्यो भूmठा कुरा अरु हुँदैन ।
वाइडबडी, न्यारोबडी र एनसेल प्रकरणमा तपाईंहरुले धेरै घूस खाएको कुरा त बाहिर आइसक्यो के भन्नुहुन्छ ?
वाइडवडीको विषयमा जीवनबहादुर शाही उहाँ त्यति बेला मन्त्री पनि हुनुहुन्थ्यो । उहाँले जनआस्था साप्ताहिकमा पूmल पेज अन्तर्वार्ता दिनुभएको छ । कसरी निर्णय भएको थियो । को प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँ आपैm पर्यटन मन्त्रीको हैसियतले त्यतिखेर भएको भूमिकाको बारेमा डिटेल बताउनुभएको छ ।
जीवनबहादुर शाहीले पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा वाइडवडी खरिद प्रकरण अगाडि बढाएको भन्नुभएको छ नि ?
उहाँले त्यसो भन्नुभएको छैन ।
मसंग अन्तर्वार्तामा भन्नुभएको छ ?
उहाँ पर्यटनमन्त्री हुँदा प्रिन्ट मिडियामा जो निर्णयकर्ता हो त्यसको बारेमा भन्नुभयो छ । रवीन्द्र अधिकारी त त्यसको पहिलो किस्ता दिइसकेपछि दोस्रो किस्ता दिने व्यक्ति हो । पहािले प्रक्रिया अगाडि बढाउने बेलाको सबै कुरा उहाँले बताउनुभएको छ । वाइडवडी प्रकरणमा अहिलेको सरकारलाई दोष लगाउनुभएको यहाँ त थाहा नपाएर हो अर्को खाली दोषी बनाउनु बाहेक केही छैन ।
वर्तमान सरकारले भ्रष्टाचार गरेकै छैन भनेर तपाई किन वकालत गर्नुहुन्छ ?
अहिलेको सन्दर्भमा भन्नुपर्दा इतिहासको कुनै कालखण्डमा धेरै भ्रष्टाचारीहरु गिरफ्तारी भएका छन् । यतिखेर प्रहरीका डिआइजी आईजीहरु गिरफ्तारीमा छन् । सुनकान्डमा परेका मान्छेहरु गिरफ्तारीमा छन् । त्यसको मुद्दा अदालतमा गएको छ त्यसको छिनोफानो अदालतले गर्ने सरकारले गर्न सक्दैन । अख्तियारका आयुक्त भएका मान्छेहरु पहिलो पटक जेल परेका छन् । न्यायाधीशहरु पनि कानुनी कारबाहीमा परेका छन् । सानादेखि ठूला भ्रष्टाचारीहरु दण्डित भएका छन् । हिजो कसैलाई कारबाही नभएकाले भ्रष्टाचार छैन जस्तो थियो, अहिले पक्राउ परेकाले भ्रष्टाचार बढेको जस्तो देखिएको हो ।
अहिले स्थानीयदेखि केन्द्रसम्म सबैभन्दा बढी भ्रष्टमुलुक भनेर चिनिएको देश नेपाल हो के भन्नु हुन्छ ?
तपाईले भनेजस्तै अहिले स्थानीयतहदेखि माथिसम्मका सबैखाले भ्रष्टाचारीलाई कारबाही गर्ने मामलामा सरकार अगाडि बढेको छ । धेरै ठाउँमा भ्रष्टाचार भएको सही हो । अस्ति एकताका त दिनदिनै २०७२ सालको भूकम्पका बेला घर निर्माण गर्ने इन्जिनियरले भ्रष्टाचारले गर्दा इन्जिनियरले कोठा भरियो भनेका छन् । पहिला भ्रष्टाचारी उम्किन पाउने अहिले नपाउने भएकाले धेरै भ्रष्टाचार भएको देखिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा त माधवकुमार नेपालदेखि विष्णु पौडेलसम्मको नाम आयो नि ?
त्यतिबेलाका भूमिसुधार मन्त्री विजय गच्छदार हुनुहुन्छ । उहाँले प्रस्ताव लानुभयो । प्रधानमन्त्रीलाई सबै मन्त्रालयका फाइल अध्ययन गर्ने फुर्सद पनि हुँदैन । सचिवहरुले सारा शृंखला अगाडि बढाएपछि मन्त्री हुँदै मुख्य सचिवकोमा पुग्छ त्यसले अध्ययन गरिसकेपछि क्याबिनेटमा पुग्छ । कहिलेकाहीं दुई घण्टामा बीसवटा निर्णय भएको हुन्छ ।
सर्लाहीका जनतालाई ठग्ने तपाईंका नेता होइनन् ?
सर्लाहीको विषयमा त्यहाँका जनता मिलेर अदालतमा मुद्दा हाले । अदालतले उसैलाई जिताई दियो । त्यसबेला २ लाख ऋण लिएका मान्छेलाई २५ लाखसम्म पुर्याएको छ । प्रहरी प्रमुखको उपस्थितिमा जति ऋण दिएको जति वर्ष भए पनि त्यसको दोबरभन्दा बढी तिर्न नपर्ने निर्णय भएको त्यो घटनामा देखियो । जसले नक्कली कागज बनाएर २ लाखलाई बीस लाख बनाएको छ । त्यस्तालाई प्रहरीको रोहबरमा जति साच्चिकै ऋण लिएको हो त्यसको दोब्बरभन्दा बढी तिर्नुनपर्ने गरी रोहबरमा रेवती पन्तहरु बसेको जानकारी आयो । ऋणी जनतालाई ठगेको थाहा भयो भने केशव बडालले बाक्ी छाड्दैन । गरीव, ऋणीहरुलाई ठगेको छ भने नेकपाका केन्द्रीय नेता भए पनि जेल जानुपर्छ केशव बडालको कुनै सहानुभूति रहँदैन ।
श्याम प्रदेशीलाई छुटाउन तपाईंकै पार्टीका नेता लागिसकेका छन् नि ?
तपाईंले भनेको जस्तै अत्याचार गरेको हो भने उनीहरु जेल जानुपर्छ ।
पीडितलाई न्याय दिनुपर्दैन ?
बिलकुल, बिलकु त्यही भन्दै छु पत्याउँदै पत्याउँनुहुन्न ।
विराटनगर पनि संस्थाको जग्गा बेच्नेहरु नेकपाकै नेताहरु रहेछन् नि ?
यो जनरल भाषा नभन्नुस् । त्यो के व्यक्ति होला ? अहिले नेकपामा ५० लाख मान्छे आवद्ध छन् । ती ५० लाखको फेहरिस्त बताउँन पनि सकिँदैन । तीमध्ये केसैले दण्डित गरेहोलान् ।
विराटनगरको सरकारी जग्गा बेच्नेमा हर्कमान तामाङको नाम आएको छ नि ?
नाम त केहिलेकाही ऋणजीको पनि आउला । नाम आउँदैमा दोषि हुँदैन । नाम जसको पनि आउन सक्छ । हर्कमान तामाङ दोषी प्रमाणित हुनुभयो भने उहाँ पनि दण्डित हुनुहुन्छ । तर, उहाँ दोषी प्रमाणित हुने व्यक्ति होइन । उहाँलाई यत्तिकै बदनाम गर्ने काम नगरौं ।
पार्टीले त उहाँलाई निलम्बित गरिसक्यो नि ?
छानविन गर्ने बेला निलम्बित गरिहाल्छ नि । गल्ती गरेको भए दण्डित हुनुहुन्छ । अन्तिम पैmसला नहुँदासम्म दोषी भन्न मिल्दैन । पन्ध्र वर्ष जेल परेका मान्छे निर्दोष सावित भए छ । १५ वर्ष जेल बसिसक्यो ऊ निर्दोष सावित भएछ । बरु दोषी उम्कियोस् तर निर्दोषलाई लण्डित हुनुप¥यो भने ठूलो अपराध हो ।
कांग्रेसका नेताहरुले त प्रधानमन्त्रीले राजीनामा दिनु भन्न थालेका छन् नि ?
प्रतिपक्षले यो सरकारमा बसेका मान्छेलाई हट्नुपर्छ, सरकारबाट बाहिर आउनुपर्छ,। नभनेर के भन्छ त ? प्रतिपक्षको त सकार ठीक भएन, बाहिर आउनुपर्छ भनेर विरोध गर्ने धर्मै हो त ।
नेपाली जनालाई सरकारप्रतिको वितृष्णा जागेको हो ?
जति पनि यो सरकारले गरेकाको आलोचना गर्ने सरकार विरोधी हुन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेका कर्मचारी, ठेकेरदार, एजेन्सीलगायतका समस्याको बारेमा लेखिदिन पाए हुन्छ । म केमा विस्वत छ भने भ्रष्टाचारीलाई यो सरकारले कारबाही गरेको छ । त्यसका नातागोता यो सरकारका विरुद्धमा छन् । विरोधीका कुरा सुनेर मान्छेहरुले पत्याउने गर्दछन् ।
सरकारको विरुद्धमा जनताहरु सडकमा आउन थालिसकेका छन् नि ?
पञ्चायत विरुद्ध कुरा उठायो भने जेल जानुपथ्र्यो । प्रौढ कक्षा पढेको बापतमा जेल खाने हाम्रै साथीहरु हुनुहुन्छ । संस्कृत कार्यक्रम, सामान्य विरोध, गरेको गरेबापत मान्छे मारिन्थे । ती अपराधमा टिकेकाहरु यो सरकार टिक्नेपो हो कि भनेर सडकमा आइहाल्छन् । यी सबै कुरा सुनेर केही मान्छेलाई त्यस्तो लागेको हुनुपर्छ ।
मैले जनताको कुरा सोधिरहेको छु ?
जनताको कुरा भएर त मसँग सोधिरहनुभएको छ ।
नेताहरु भ्रष्टाचारमा डुबेको देखियो भन्दा बँचाउ गर्नुभयो नि ?
मैले बँचाउ गरेको छैन । हल्लाको भरमा त्यतिकै भ्रष्टाचारी भिन्न मिल्दैन ।
प्रधानमन्त्री स्वदेश आँदैहुनुहुन्छ हो ?
आउँदै हुनुहुन्छ । तीन करोड नेपाली जनताले उहाँ शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रचण्डले पार्टी हाक्नलाई जति अधिकार पाउनुभएको त्यसमा बाधा आयो ?
के भयो ?
विष्णु पौडेल र वामदेवी सिंगापुरतिर जानुभयो । पार्टीको सचिवालय बैठक नै बस्न सकेन । दिनदिनै बस्ने होइन बस्ने दिन बसिहाल्नुभयो । केन्द्रीय सदस्यसमेत नियुक्त भए त्यो बीचमा । अध्यक्ष विरामी भएको ठाउँमा जानमन लाग्ने साथीहरु जाानुभएको छ ।



प्रतिक्रिया दिनुहोस्