शाखा प्रवन्धक सहित ६ जना विरुद्ध मुद्धा दायर


काठमाडौ, भदौ २० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय चरिकोटका तत्कालीन शाखा प्रवन्धक टिका प्रसाद दुलाल सहित ६ जना विरुद्ध छ लाख दस हजार भस्टचार गरेको अभियोगमा १९ भदौमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौं अन्तर्गत बोलपत्र आह्वान भई निर्माण व्यवसायी सोवर्णरब्रम्हायणी जे.भी.सगँ ठेक्का सम्झौता भएको कपन स्वास्थ्य चौकी भवन निर्माणको शुरू ठेक्का अवधि समाप्त पश्चात पनि सम्पन्न हुन नसकी रूग्ण अवस्थामा रहेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा उक्त कार्यमा सम्लग्न रहेका दुलाल सहित ६ जना विरुद्ध मुद्धा दायर गरिएको हो ।

दुलालले निर्माण व्यवसायी सोवर्णरब्रम्हायणी जे.भी.ले बैंकसँग विड वण्ड कारोबार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको तथा विड वण्ड छ लाख दस हजार बराबरको १००५ मार्जिन खातासमेत नखोलेको अवस्थामा निर्माण व्यवसायीसँगको मिलेमतोमा बैंकको प्रचलित नियम कानूनको परिपालना नगरी विड वण्ड जारी गरी भ्रष्टाचार गरेको प्रमाण पुष्टि भएकोले उनलाई विगो छ लाख दस हजार कायम गरी हिनामिना भएका छ लाख दस हजार असुलउपर हुन मागदावी सहित मुद्धा दायर गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लि., शाखा कार्यालय, चरिकोटका तत्कालीन सहायक प्रवन्धक नवराज खत्री तथा कर्जा इन्चार्ज श्री प्रल्हाद खड्काले निर्माण व्यवसायी सोवर्णरब्रम्हायणी जे.भी.ले बैंकसँग विड वण्ड कारोबार गर्दा बैंकमा कुनै सुरक्षण नराखेको तथा विड वण्ड छ लाख दस हजार बराबरको १००५ मार्जिन खाता नखोलेको तथा परफरमेन्स वण्ड आठ लाख एकहत्तर हजार बराबरको १००५ मार्जिन खातासमेत नखोलेको अवस्थामा निर्माण व्यवसायीसँगको मिलोमतोमा बैंकको प्रचलित नियम कानूनको परिपालना नगरी विड वण्ड तथा परफरमेन्स वण्ड जारी गरेकोले खत्री तथा खड्कालाई जम्मा चौध लाख एकासी हजार बराबर विगो कायम गरी हिनामिना भएको चौध लाख एकासी हजार असुलउपर हुन सहित मागदावी गरी मुद्धा दायर गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय काठमाडौंका तत्कालीन डिभिजन प्रमुख इ.बुद्धि सागर थापाले उक्त ठेक्काको बदनियतपूर्वक निर्माण व्यवसायीसँगको मिलोमतोमा सम्झौता गरी डिभिजन प्रमुखको हैसियतमा ठेक्का सम्झौता भएको १० महिनाभन्दा बढी अवधिसम्म निर्माण कार्य शुरु गर्न चाहिने बीमा नै निर्माण व्यवसायीसँग नगराएको, समयमै निर्माण व्यवसायीलाई कार्यादेश नबुझाएको, कार्यादेशमा उल्लेख गरेको ओर्क सेडुल र स्पेसिफिकेसन अनुसारको क्वालिटी इन्सुरेन्स पेश गर्न नलगाएको, निर्माण कार्य सूचारु गर्नेतर्फ कुनै चासो नदेखाई निर्माण व्यावसायीको लापरवाहीहरूमा उदासीन देखिएकोले सम्झौता गर्दाको नक्कली परफरमेन्स वण्डको आठ लाख एकहत्तर हजार तथा उक्त आयोजनाको कन्टिन्जेन्सीबाट भएको पूर्णरूपमा अनुत्पादक खर्च दुई लाख छपन्न हजार चार सय चालीस गरी जम्मा एघार लाख सत्ताइस हजार चार सय चालीस भ्रस्टछार गरी हानिनोक्सानी गरेकोले बुद्धि सागर थापाले भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले थापालाई एघार लाख सत्ताइस हजार चार सय चालीस बिगो कायम गरी हिनामिना भएका एघार लाख सत्ताइस हजार चार सय चालीस असुलउपर हुन मागदावी गरी मुद्धा दायर भएको हो ।

ब्रम्हायणी निर्माण सेवाको मेनेजिङ्ग डाइरेक्टर श्री उमेश कुमार भण्डारी र सोवर्ण निर्माण सेवाका प्रोपाइटर श्री अर्जुन वहादुर थापाले निर्माण व्यवसायी सोवर्णरब्रम्हायणी जे.भी.ले बैंकका कर्मचारीहरूसँगको मिलोमतोमा नक्कली बैंक जमानतहरू प्राप्त गरेको, नक्कली बैंक जमानतहरूको आधारमा ठेक्का प्राप्त गरी सम्झौतासमेत गरेको, सम्झौतापछि ढिलो गरी कार्यादेश बुझेको, इन्सुरेन्स योजना, ओर्क सेडुल र स्पेसिफिकेसन अनुसारको क्वालिटी इन्सुरेन्स योजना नबुझाई निर्माण कार्य नै संचालन नगरेको र सम्झौताको शर्तहरूविपरीत निर्माण सम्पन्न हुने मिति समाप्त भएपछि नयाँ कार्यादेश र पूर्ण अवधि म्याद थपेमा मात्र निर्माण कार्य गर्ने र यदि मूल्य वृद्धि नपाएमा निर्माण कार्य नगर्ने भन्ने गैरजिम्मेवारपूर्ण कुराहरू गरेको देखिंदा सम्झौताबमोजिमको शर्तहरू उल्लघनसमेत गरेको पुष्टि हुन आएकोले अर्जुन बहादुर थापा र उमेश कुमार भण्डारीलाई विड वण्डको छ लाख दस हजार बराबरको परफरमेन्स वण्डको आठ लाख एकहत्तर हजार तथा सम्झौता रकमको १० प्रतिशत पूर्व निर्धा्रित क्षतिपूर्ति पन्ध्र लाख एकचालीस हजार एक सय गरी तीस लाख बाईस हजार एक सय विगो कायम गरी भ्रष्टाचार गरी हानिनोक्सानी भएको विगो असुल गरी जफत हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।

Skip This

Omoda E5 Pro