Logo

इतिहास रच्दै भारतः यसरी चन्द्रमामा अवतरण हुँदै छ चन्द्रयान



७ सेप्टेम्बरको बिहान चन्द्रमाको दक्षिणी धुव्रमा अन्तरिक्षयान सफल अवतरण भएमा भारतले नयाँ  किर्तीमान बनाउने छ । भारत चन्द्रमाको सतहमा अवतरण गर्ने चौथो देश बन्ने छ भने दक्षिणी धुव्रमा अवतरण गराउने पहिलो देश हुने छ । डेढ महिना अघि प्रक्षेपण गर्न लागेको काम भोली अवतरण हुने छ ।

३,८४,००० किलोमिटरको दूरीमा श्रीहरिकोटामा प्रक्षेपण गरिएको करिब डेढ महिनापछि चन्द्रयान २ सफलता पूर्वक चन्द्रमा अवतरण गर्न तयार हुन लागेको हो । चन्द्रयान २ले आफ्नो लैण्डर मोड्युल, विक्रमलाई मुख्य अन्तरिक्ष यानबाट अलग गरिसकेको र विगत तीन दिनदेखि स्वतन्त्र रूपले अघि बढिरहेको छ ।

अवतरणको झण्डै तीन घण्टा पछि, छ खुट्टे रोबोट वाहन प्रज्ञान ल्यान्डरबाट बाहिर निस्किने र चन्द्रमाको सतहमा तल घुम्ने छ । यसले डाटा संकलन गर्नेछ । दुई उपकरणहरू रहेका  प्रज्ञान रोभर बोर्डमा, १ सेन्टीमिटर प्रति सेकेन्डको वेगमा घर्षण गर्ने छ । चन्द्रमाको सतहको मौलिक संरचनाको बारेमा जानकारी संकलन गर्ने र त्यहाँ उपस्थित विभिन्न खनिजहरूको सापेक्षताको बारेमा पत्ता लगाउनको लगि उक्त रोबोट पठाइएको जनाएको छ । उक्त रोबोटले करिब १०० किमिमा रहेको कणहरु पत्ता लगाउनेछ ।

चन्द्रयान चन्द्रमा सतहमा पहिलो नरम अवतरण हुनेछ । हाल सम्म अमेरिका, रुस र चीन चन्द्रमा मानव वा यान अवतरण गर्न सफल भएका छन् । Photo Source: Yahoo News



प्रतिक्रिया दिनुहोस्