Logo

स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली (फोटोफिचर)



काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्किएका छन् । दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएपछि ओली सिधै बालुवाटारतर्फ लागे ।

संचारकर्मीहरुले स्वास्थ्यवस्थाबारे जिज्ञासा राख्न खोज्दा हात हल्लाएर गए । उनी आफै हिंडेर सवारी सम्म पुगेका थिए । सवारीबाट ओर्लनेबेलामा उनलाई सुरक्षागार्डले सघाएका थिए ।

सिंगापुरमा उपचारपछि ओली फर्किएका हुन् । उनले आफ्नो स्वास्थ्यवस्थाबारे केही बताएका छैनन् ।

ओलीलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्