Logo

३७ वर्ष जिम्वावेमा शासन गर्ने रोबर्ट मुगावेको निधन



जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको ६ सेम्टेम्बरमा निधन भएको हो ।

लामो समययता विरामी परेका मुगावेको निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ३७ वर्ष शासन गरी दुई वर्ष अघिमात्र सत्ताच्युत गरिएका थिए रोबर्ट मुगावे । उनले विश्वकै वृद्ध राष्ट्रप्रमुखका रुपमा किर्तिमान बनाएका थिए । सन् २०१७ मा पदच्युत हुनुअघि मुगावे विश्वका शक्तिशाली शासकमध्येमा पर्दथे । उनी जहिले पनि जिम्बाबे मेरो हो भन्थे ।

जिम्बाबेलाई बेलायती उपनिवेशबाट मुक्त गरी स्वतन्त्र गराउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । स्वतन्त्र भएपछि जिम्बाबेको प्रथम प्रधानमन्त्री बनेका थिए । उनी गोराहरुप्रति कठोर थिए । आफूलाई माक्र्सवादी लेनिनवादी र माओत्सेतुङको क्रान्तिबाट प्रभावित भएको मान्थे ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्