Logo

प्रधानमन्त्रीले काम गर्न सक्ने



काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न सक्ने बताइएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् स्वास्थ्य सामान्य रहेको जानकारी दिएका हुन् ।

हाल उहाँ (प्रधानमन्त्री ओली) को स्वास्थ्य सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ, रिमाले सामाजिक सञ्जालमा लेखेका छन् । सिंगापुरबाट उपचारपछि शुक्रबार स्वदेश फर्किएका ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा रिमालको भनाई सार्वजनिक भएको हो । रिमाल प्रधानमन्त्रीको साथमा सिंगापुर गएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे अहिलेसम्म जनताले आधिकारिक रुपमा जानकारी पाउन सकेका छैनन् । उनी स्वस्थ्य भएको भनाई स्वयं र सल्लाहकारमार्फत् आउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्